आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सर्वोच्चको निर्णयप्रति आङदेम्बेको टिप्पणी: विशेषबाट आएको नेतृत्व २४ क्यारेटको बनेर आउँछ

सर्वोच्चको निर्णयप्रति आङदेम्बेको टिप्पणी: विशेषबाट आएको नेतृत्व २४ क्यारेटको बनेर आउँछ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २२ २०८३

  • 1.6K
    SHARES

  • सर्वोच्चको निर्णयप्रति आङदेम्बेको टिप्पणी: विशेषबाट आएको नेतृत्व २४ क्यारेटको बनेर आउँछ

    काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सर्वोच्च अदालतको पछिल्लो निर्णयले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई झन खारिने मौका दिने बताएका छन् । विशेषबाट आएको गगन थापा नेतृत्वको कांग्रेसले जस्तोसुकै परीक्षा दिन तयार रहेको उनले टिप्पणी गरे ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै आङदेम्बेले पार्टीमा आउने उतारचढावले गन्तव्य प्रभावित नहुने बताएका हुन् ।

    ‘पार्टीमा उतारचढाव आउँछन्, यो स्वाभाविक प्रक्रिया हो । लक्ष्य र अठोट भएको पार्टीलाई आँधी हुरीले पनि हल्लाउँदैन’, सर्वोच्चको पछिल्लो निर्णयतर्फ लक्षित गर्दै आङदेम्बेले भने, ‘जस्तोसुकै परीक्षाले विशेष महाधिवेशनबाट संगठित भएको नेतृत्वलाई २४ क्यारेटको बनेर आउन मद्दत गर्छ ।’

    बिहीबार मात्र सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेस विशेष महाधिवेशन सम्बन्धी विवादको पुनरवलोकन गर्न सकिने निर्णय गरेको थियो । आङदेम्बेले फरक प्रसङ्गमा लोकप्रियताको नाममा उदाएको पात्रले मुलुकलाई सर्वनाशतर्फ धकेल्न खोजेजस्तो देखिएको समेत टिप्पणी गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २२ २०८३०१:०५:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend