आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चौबीस घण्टामा सबैभन्दा बढी वर्षा विराटनगरमा

चौबीस घण्टामा सबैभन्दा बढी वर्षा विराटनगरमा

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०८३

  • 807
    SHARES

  • चौबीस घण्टामा सबैभन्दा बढी वर्षा विराटनगरमा

    काठमाडौँ - देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो ।

    सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ । न्यूनतम तापक्रम रुपन्देहीको तौलिहवामा २९.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम सिराहाको लहानमा ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

    सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ९.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १६.१ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १७ २०७९०२:१९:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend