आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

  • मिडिया डबली
  • बुधवार, श्रावण २० २०८३

  • 657
    SHARES

  • इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

    नेपालगञ्ज - बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यू किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। साउन १८ गते बिहान इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो।

    सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २० २०८३१०:२५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend