आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पुर्णवहादुर खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग

पुर्णवहादुर खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०८३

  • 4.8K
    SHARES

  • पुर्णवहादुर खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग

    काठमान्डौ-  नेपाली काँग्रेसको सदस्यता अध्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका निवर्तमान उपसभापति पुर्णवहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरुले आजदेखि धमाधम अध्यवधिक गर्न थालेका छन् । 

    निवर्तमान उपसभापति खड्काको दवावमा अहिलेसम्म सदस्यता अध्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरु अव भने अध्यावधिक गराउने निर्णयमा पुगेका हुन् । 

    अध्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अध्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा अध्यावधिकका लागि स्थानीय प्रतिनिधिहरुलाई समेत खटाएको छ भने उनीहरुलाई अध्यावधिकका बारेमा प्रशिक्षण समेत दिएको थियो ।  

    आज खड्काका अति विश्वासपात्र मानिनु हुने नेपाली काँग्रेस सुर्खेतका सभापति खड्ग वहादुर पोखरेलले अध्यावधिक गरेको अध्यावधिक अभियानका लागि खटिनु भएका काँग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिएका छन्।

    nepali_congress_surkhetj.jpg

    जिल्ला सभापतिले नै अध्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरुलाई अभ्यावधिक गराउने अभियान सुरु गर्नु भएको हो । सदस्यता अध्यावधिक अभियानका लागि आगामी २७ गतेसम्म म्याद थप्न पनि नेपाली काँग्रेस सुर्खेतले समय माग गरेको छ । पार्टीका जिल्ला सचिवद्धय देवकुमार सुवेदी र बालदिप कंडेलले केन्द्रीय कार्यालयलाई  संयुक्त निवेदन लेख्दै अध्यावधिकको समय २७ गतेसम्म थप गर्न मागगरेका हुन्। 

    जिल्लामा रहेर सक्रिय राजनीति गर्दै आएका पार्टीका कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी, कोषाध्यक्ष खगिसरा आचार्य लगायतका दर्जनौ नेता कार्यकर्ताहरुले पनि आज अध्यावधिक गरेको केन्द्रीय प्रतिनिधि पोखरेलले बताएका छन्। 

    सुर्खेतमा काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा तथा नेता डा. शेखर कोईराला निकट नेता कार्यकर्ताहरुले यसअघि नै अध्यावधिक गरेपनि खड्का निकट नेता कार्यकर्ताहरुले अध्यावधिक गरेका थिएनन् । तर निवर्तमान उपसभापति खड्काले पार्टीमा सहमतिको वातावरण गराउने भन्दा पार्टी फूटाउने भूमिका खेलेको भन्दै उनको साथ छोडेको संकेत गरेका छन् ।

    खड्का निकटकै नेता कार्यकर्ताहरुले अहिले उनको  आदेशलाई अस्विकार गर्दैै धमाधम सदस्यता अध्यावधिक गर्न लागेका हुन् । सुर्खेतमा काँग्रेसको सदस्यता अध्यावधिकका लागि पर्सी २७ गतेसम्म मात्रै म्याद भएकाले अहिले अध्यावधिक गर्नेहरुको संख्या एक्कासी बढेको केन्द्रीय प्रतिनिधि पोखरेलले जानकारी दिएका छन् ।

    nepali_congress_surkhet.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०८३०२:२७:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend