आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

उखु किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सांसद शाहको सरकारसँग माग

उखु किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सांसद शाहको सरकारसँग माग

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०८३

  • 168
    SHARES

  • उखु किसानको अनुदान रकम तत्काल भुक्तानी गर्न सांसद शाहको सरकारसँग माग

    काठमाडौं - नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले उखु किसानलाई सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् ।

    बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहले बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्रालिले किसानबाट खरिद गरेको उखुको रकम भुक्तानी गरिसकेको भए पनि सरकारले दिने अनुदान रकम अझै उपलब्ध नगराएको बताए ।

    उनले भने, ‘बर्दियाको राजापुर नगरपालिका वडा–५ बदालपुरमा २०८० साल भदौ २५ गते उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रि प्राइभेट लिमिटेडले २०८२ साल पुस २२ गतेदेखि चैत १२ गतेसम्म किसानहरूसँग लाखौँ क्विन्टल उखु खरिद गरेको छ ।’

    सांसद शाहले कम्पनीले किसानलाई प्रति क्विन्टल ६२० रुपैयाँका दरले तिर्नुपर्ने सम्पूर्ण रकम भुक्तानी गरिसकेको उल्लेख गर्दै नेपाल सरकारले उखु कृषक अनुदानबापत उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँ रकम भने अझै भुक्तानी नगरेको बताए ।

    उनले कृषि मन्त्रालयको कार्यविधि २०७५ को दोस्रो संस्करण २०७६ अनुसार किसानले पाउनुपर्ने अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

    ‘मन्त्रालय आफै उक्त रकम भुक्तानीका लागि आनाकानी गरिरहेको छ । तसर्थ उक्त रकम भुक्तानीका लागि पहल गरी यथाशीघ्र किसानको रकम निकासा गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २४ २०८३०१:३८:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend