काठमान्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस समारोहका क्रममा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरलाई फोन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो “असल मित्र” भएको बताएका छन्।
ट्रम्पले भारत–अमेरिका सम्बन्ध अहिले इतिहासकै सबैभन्दा नजिक पुगेको उल्लेख गर्दै आफू भारतलाई धेरै माया गर्ने र मोदीको “ठूलो फ्यान” रहेको बताए। उनले “भारतले मलाई १०० प्रतिशत भरोसा गर्न सक्छ” भन्ने सन्देश पनि दिएका थिए। राजदूत सर्जियो गोरले ट्रम्पको फोनलाई माइकमा जोडेर उपस्थित दर्शकलाई उनको भनाइ सुनाएका थिए।
उक्त कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो तथा अमेरिकी राजदूत सर्जियो गोरको उपस्थिति रहेको थियो।
यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो चार दिने भारत भ्रमणमा रहेका छन्। उनले शनिबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए भने आइतबार विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि छलफल गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।