आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्राणघातक रोगसँग लडिरहेका अनुप खड्कालाई सहयोगको याचना

प्राणघातक रोगसँग लडिरहेका अनुप खड्कालाई सहयोगको याचना

  • मिडिया डबली
  • आइतवार, जेठ १० २०८३

  • 243
    SHARES

  • प्राणघातक रोगसँग लडिरहेका अनुप खड्कालाई सहयोगको याचना

    धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १, कोप्चे पञ्चकन्या टोल निवासी पदम बहादुर खड्काका २९ वर्षीय सुपुत्र अनुप खड्का हाल कलेजोको नसासम्बन्धी जटिल तथा प्राणघातक रोगसँग जीवन–मरणको संघर्ष गर्दै भारतकोBLK–Max Super Speciality Hospital मा उपचाररत छन्।

    सानो उमेरमै ठूलो पीडासँग लडिरहेका अनुपको उपचारका लागि परिवारले अहिलेसम्म करिब ६०–६५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । आफ्नो छोराको जीवन बचाउन परिवारले सक्दो प्रयास गरिरहेको भएपनि अब आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन अत्यन्त कठिन अवस्था सिर्जना भएको छ ।

    उनको परिवारले आफ्नो सन्तानलाई बचाउन सहयोगको अपेक्षा गरेका छन् । सहयोगी मनहरुले क्यूआरमार्फत वा नगद रूपमा सहयोग प्रदान गर्न सक्नेछन् । नगद सहयोग गर्न चाहनेहरूलाई रसिदमार्फत सहयोग संकलन गरिनेपनि परिवारले जनाएको छ ।

    धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा सचिव भेषनारायण पौडेलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मानिस ठूलो धनले होइन, ठूलो मनले बन्छ । आज तपाईंको सानो सहयोग कसैको जीवनको आशा बन्न सक्छ। आउनुहोस्, सबै मिलेर अनुप भाइको जीवन बचाउने अभियानमा साथ दिऔं। सबैसँग आर्थिक सहयोग गर्ने अवस्था नहुन सक्छ, तर हजुरले यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुभयो भने पनि त्यो ठूलो मानविय सहयोग हुनेछ ।’

    anup (2).jpeg

    anup (1).jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १० २०८३१०:४०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend