आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

मुस्ताङ नाकाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद, तीन जना पक्राउ

मुस्ताङ नाकाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद, तीन जना पक्राउ

  • मिडिया डबली
  • आइतवार, जेठ ३ २०८३

  • 420
    SHARES

  • मुस्ताङ नाकाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद, तीन जना पक्राउ

    काठमाडौँ - हिमाली जिल्ला मुस्ताङ हुँदै अवैध रूपमा भित्र्याइँदै गरिएको ठूलो परिमाणको चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ।

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा पाँच सय ९० कार्टुन भेपसहित तीन जनालाई पक्राउ गरिएको हो।

    सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले जेठ १ गते राति दुई वटा कन्टेनर नियन्त्रणमा लिएको थियो। कोरोला नाका हुँदै काठमाडौँतर्फ ल्याइँदै गरिएको ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरबाट ठूलो परिमाणमा भेप फेला परेको प्रहरीले जनाएको छ।

    1.jpgपक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ निवासी सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन्।

    भेपसँगै विभिन्न कम्पनीका दुई सय ५९ कार्टुन जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा सामान प्याकिङमा प्रयोग हुने १५ केजी खाली कार्टुन बक्स समेत बरामद गरिएको छ।

    बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी बिष्णु प्रसाद भट्टले जानकारी दिएका छन्।

    2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३ २०८३०२:१७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend