रामेछाप - सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ । दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ ।
अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।