आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

न क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’

न क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०८२

  • 1.4K
    SHARES

  • न क्यान्सरसँग जुधिरहेकी ज्ञानी शाहीको मार्मिक अपिल : ‘सहयोग नभए जीवन जोगाउन कठिन’

    काठमाडौं - जीवनको सबैभन्दा कठिन मोडमा उभिएकी छन् ज्ञानी शाही । बर्दिया राजापुर घर भएकी शाही तीन वर्षदेखि स्तन क्यान्सर भएर संघर्ष गरिरहेकी उनी हरेक दिन पीडा, आशा र निराशाको बीचमा आफ्नो अस्तित्व बचाउन लडिरहेकी छन् ।

    एक दिन अचानक थाहा भयो उनलाई स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो क्षण उनका लागि सामान्य खबर थिएन, जीवन नै भत्किएको अनुभूति थियो । ‘आकाशबाट खसेजस्तो भयो,’ नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छिन्, ‘त्यो बेला लाग्थ्यो म नै छैन, मेरो जीवन नै समाप्त भयो ।’ त्यसपछि सुरु भयो निरन्तर उपचारको यात्रा अस्पताल, औषधि, पीडा र खर्चको अन्तहीन चक्र ।

    सुरुवातमा आफैंले जति सकिन्छ त्यति गर्दै आइन् । तर समयसँगै खर्च बढ्दै गयो, र अहिले अवस्था यस्तो आइपुगेको छ कि उपचारलाई निरन्तरता दिन पनि असम्भवजस्तै भएको छ । उनले भनिन्, ‘यस्तो भएको तीन साल भइसक्यो । एक्कासी थाहा भएको हो स्तन क्यान्सर भएको रहेछ भनेर । त्यो अवस्था सम्झिँदा साध्य नै छैन । उपचार त भइरहेको छ । अहिलेसम्म त खर्च आफैंले जुटाएको हो । अब खर्च धान्न नि सकिरहेको अवस्था छैन । सहयोग नभएर नै सहयोगको याचना लिएर मिडियामा आएको हुँ ।’

    हरेक हप्ता उपचारका लागि अस्पताल धाउनुपर्ने बाध्यता छ । शरीर कमजोर हुँदै गएको छ, तर बाँच्ने चाहना अझै मरेको छैन । उनी अझै पनि आशामा छिन् सायद कसैले देख्ला, बुझ्ला, र हात थाम्ला । उनको छिमेकीहरू पनि चिन्तित छन् । ‘उहाँको अवस्था अत्यन्त नाजुक छ,’ छिमेकी तुलबहादुर शाही भन्छन्, ‘हामीसँग पनि धेरै सहयोग गर्ने क्षमता छैन । त्यसैले सबैलाई अपिल गर्छौं सानो भए पनि सहयोग गरिदिनुहोस् ।’

    तुलबहादुर शाहीले देश विदेशमा रहेका सबैलाई थोरै भए पनि सहयोग गर्न अपिल गरेका छन् । उनले भने, ‘पीडित मेरो छिमेकी बहिनी हो । आर्थिक समस्या भएका कारणले गर्दा अलिकती केही सहयोग हुन्छ की भनेर हामी मिडियामा आएका हौं । हप्तामा एकचोटी किमो चढाउनुपर्छ । कतैबाट सहयोग हुँदैन । मिडियाकै माध्यमबाट भए पनि उहाँको जीवन रक्षाको लागि केही हुन्छ की भनेर अपिल गर्न आएका हौं ।

    बहिनीको स्थिति एकदमै नाजुक छ । देश विदेशमा रहनु भएका सबैले थोरै भएपनि सहयोग गर्दिनुहोला । सम्पूर्णले सहयोग गरिदिनु भयो भने उहाँको जीवन बचाउन सक्छौं ।’ ज्ञानी शाही एक व्यक्तिको पीडा होइन, यो एउटा यस्तो संघर्ष हो । जहाँ आशा अझै बाँकी छ । मानवीयतामा विश्वास अझै जीवित छ । यदि हामी सबैले सानो–सानो साथ दिन सक्यौं भने, सायद उनको जीवनमा फेरि उज्यालो फर्कन सक्छ ।

    web-post_3a2087aa.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २० २०८२११:४०:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend