आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

  • मिडिया डबली
  • बुधवार, चैत्र १८ २०८२

  • 540
    SHARES

  • १५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा

    काठमाडौं - नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या हुँदा र निरन्तर मूल्य वृद्धि भएपछि यस्तो अवस्था आएको हो ।

    जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ । तर, स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असर आउँदो दिनमा निगमको घाटा अझ बढ्न सक्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन् । उनका अनुसार निगमको मूल्य स्थिरीकरण कोषमा हाल १९ अर्ब रुपैयाँ सञ्चित छ ।

    मूल्य वृद्धिको घाटाको पूर्ति यही कोषबाट गर्दैआएको निगमले अब धेरै दिन धान्ने स्थिति भने दखिदैन । निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ । यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ । यसैबिच निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छ ।

    निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले वृद्धि गर्दै १२७ रुपैयाँबाट २५१ रुपैयाँ पुर्याएकोछ । यस्तै, अन्तर्राष्ट्रिय उडान तर्फ हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १७८५ डलर पु¥याइएको छ भने पोखरा र भैरहवाका लागि पनि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ ।

    यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि जारी रहे आगामी दिनमा थप आर्थिक दबाब पर्ने चेतावनी पनि निगमले दिएको छ ।निगमले इन्धन आपूर्ति प्रणाली भने सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । भारत सरकारले समेत व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । हर्मुज नाका बन्द हुनुका साथै खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ, जसको असर भारतसहित विश्वभर परेको छ ।

    दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुले बढेर २,०७८ भारु पुगेको छ । त्यस्तै, ५ केजी एफटीएल सिलिन्डर ५१ भारुले महँगिएर ५४९ भारु कायम भएको छ । कोलकातामा पनि १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले वृद्धि भएको छ । तर, घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् ९१३ भारु कायम राखिएको छ । यसैबीच, हवाई इन्धन (एटीएफ) को मूल्य पनि वृद्धि गरिएको छ ।

    दिल्लीमा यसको मूल्य २,०७,३४१.२२ भारु प्रतिकिलो लिटर पुगेको छ भने अन्य महानगरहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने एटीएफको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ । सरकारले भने देशभर इन्धन आपूर्ति सहज रहेको र पर्याप्त भण्डारण उपलब्ध रहेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २ २०८१०९:०२:१२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend