आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०८२

  • 438
    SHARES

  • ४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    काठमाडौं - शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।

    यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।
    गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।

    यसदिन रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । साथै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

    आज १३ वटै उप समूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ । वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८००३:५८:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend