काठमाडौं - इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले अग्रता बढाएका छन्। राईले अहिलेसम्म १३ हजार २ सय ८२ मत ल्याएका छन्।
यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १२ हजार ७ सय १० मत ल्याएका छन्। एमालेका उम्मेदवार काजीमान कागते ११ हजार ३ सय ५० मत ल्याएका छन्। मतगणना जारी रहेको छ। अब वडा नम्बर १२, १३ र १४ मात्र गन्न बाकि रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।