काठमान्डौ- नेपाली कांग्रेसले अर्को जित हात पारेको छ । कर्णाली प्रदेशको मुगुमा कांग्रेसका उम्मेदवार खड्ग शाही ७ हजार ९१४ मतसहित निर्वाचित भएका छन् ।
यससँगै प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १७ सीटमा जित हासिल गरेको छ । शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत पाए ।
यस्तै, नेकपामा चन्द्रबहादुर शाहीले ५ हजार ५५८ र रास्वपाका भुवन टमटाले ५३० मत पाए । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५ सीटमा जित निकालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।