धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ । यसैगरी २४ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्बी राजमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् । अहिलेसम्म १७ जनाको शव घटना स्थलमानै रहेको छ भने घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ । घाइते तथा मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।