आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

निर्वाचन आयोग भन्छ – कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौँ

निर्वाचन आयोग भन्छ – कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौँ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ३ २०८२

  • 972
    SHARES

  • निर्वाचन आयोग भन्छ – कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौँ

    काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।

    शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन् ।

    ‘‘विधि, पद्धति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो । निर्वाचन आयोगले विधी र पद्दतीभन्दा बाहिर गएर निर्णय गर्दैन । हाम्रो संस्थागत परम्परा छ,’ उनले भने ।

    आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे । भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रहसमेत गरे ।

    ‘निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको छ, ती कार्यक्रमहरुमा यहाँहरु सरिक भएर सहयोग गर्दै निर्वाचन सम्पन्न गर्नुहुन्छ भन्ने कुरामा निर्वाचन आयोग विश्वस्त छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०८२०५:१३:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend