काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा नियुक्त भएका महेन्द्र विष्टले नेपाल टेलिभिजनमा मनोमानी गरिरहेका छन् ।
मुलुक आर्थिक संकटमा परिरहेको समयमा नेपाल टेलिभिजनलाई भने आफ्नो कार्यकर्ताको भर्ती केन्द्र बनाएका छन् । विष्ट यसअघि पनि नेपाल टेलिभिजनका अध्यक्ष भएका थिए ।
उनको पहिलो कार्यकालमा खरिद गरिएका करोडौंका उपकरणहरु हालसम्म पनि प्रयोगमा आउन सकेका छैनन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जनभन्दा बढी उजुरी पर्दा पनि कुनै छानबिन हुन सकेको छैन ।
एमाले निकट अख्तियार प्रमुख प्रेम कुमार राई भएका कारण उनीमाथि कुनै छानबिन र कारबाही नगरिएको भन्दै नेपाल टेलिभिजनकै कर्मचारीहरुले बताउने गरेका छन् ।
उनले लोकसेवा आयोगलाई बाइपास गर्दै करारमा आवेदन माग गर्ने र कार्यकर्ताहरु भर्ती गर्ने गरिरहेका छन् । नेपाल टेलिभिजनका पाँच वटा च्यानलहरु नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटिभी न्युज, कोहलपुर र इटहरी च्यानल नै धान्न मुस्किल भइरहेको समयमा पनि कमिसनको लोभमा नयाँ च्यानल एनटिभी वर्ल्ड च्यानल सञ्चालनको तयारी थालेका छन् ।
पछिल्लो जेनजी आन्दोलनका कारण आफ्नो कमसिनको खेलमा अवरोध आउन सक्ने अनुमानपछि नयाँ सञ्चारमन्त्री नियुक्त नहुँदै निर्वाचनको मिति घोषणा भएपछि पनि ब्याकडेटमा हतार-हतार कार्यकर्तालाई नियुक्ति पत्र दिन थालिएको छ ।
ला प्रतिष्पर्धा भनिेए पनि पार्टीको निर्देशन भन्दै देखावटी खुला प्रतिष्पर्धाको आधारमा नियुक्ति दिन थालिएको टेलिभिजनकै कर्मचारीहरुले बताउने गरेका छन् ।
निजलाई नियुक्ति गर्नकै लागि हतार हतारमा अपुरो पिएसबी ऐनसमेत जारी गरिएको छ । सार्वजनिक सेवा प्रसारणको दोहन गर्न पल्केको यस अघि महाप्रबन्धक भइसकेको फुलमान वल तामाङ ओलीको विश्वास पात्र भएकोले सञ्चालक समिति सदस्यको रूपमा घटुवा भई पुनः नियुक्त भइ हाल पनि कार्यरत छन् ।
रेडियो नेपालको खुमलटारको जग्गा बिक्री गर्ने विषयमा पनि आर्थिक चलखेल देखिएको उनीमाथि आरोप छ । स्वायत्त निकाय पिएसबीको कार्यकारी अध्यक्ष भएर पनि एमाले कार्यकर्ताको रूपमा विद्या भण्डारीको भ्रमण दलमा सामेल भई चीन भ्रमण समेत उनले गरेका थिए ।
यससँगै बर्षौ देखि थन्किएको अडियो-भिडियोको टेन्डर स्वीकृत गरि तालीमको लागि उपयुक्त र पालो कुरिरहेका कर्मचारीलाई बेवास्ता गर्दै कर्मचारी संघ र कर्मचारी युनियनका अध्यक्षहरु गोपाल प्रसाद दाहाल र भोज विश्वकर्मालाई पठाइएको छ ।
नेपाल टेलिभिजनमा राजनीतिक दलका युनियन खडा गरेका दाहाल र विश्वकर्मालाई बेथितिमा सहयोग गर्ने शर्तमा डलर दिलाउन सिङ्गापुर भ्रमणमा पठाएका हुन् ।
हालै भएको कर्मचारी बढुवामा काम गर्ने सिनियर कर्मचारीलाई बेवास्ता गर्दै अध्यक्ष विष्टको गुणगान गर्ने र उनका बेथितीलाई साथ दिने कर्मचारीलाई बढुवा गरेको आरोपसमेत उनीमाथि छ ।
यतिसम्म कि अघिल्लो बढुवामा एक नम्बरमा बढुवा भएकालाइ तीन नम्बरमा झारेको छ र तीन नम्बरमा बढुवा भएकोलाइ एक नम्बरमा बढुवा गरिएको छ ।
टेलिभिजनका एक कर्मचारीले भने, “विष्टकै अघिल्लो कार्यकालमा केही इन्जिनियरलाई बढुवा दिइ भरिया बनाउँदै गरेको भ्रष्टाचारबाट बालकोटमा घर किनेको साथै ती इन्जिनियरहरु समेत करौडो को घर- जग्गा किनेको छ ।“
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भइसक्दा पनि नेपाल टेलिभिजनमा भने उनकै प्रतिनिधिको रूपमा नियुक्ति पाएका र भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी परेका विष्ट र बलले सरकारी स्रोतमा मनोमानी गरिरहेका छन् । आन्दोलन भएको भदौ २४ गते सहकारी ठगी अभियुक्त रवि लामीछानेका दाई हरिशरण लामीछानेले रेडियो नेपालको प्रसारण २० मिनेट कब्जामा लिँदा समेत यसबारे विष्टले कुनै प्रतिक्रिया दिन सकेका छैनन् ।
अनिधिकृत ब्यक्तिलाई राष्ट्रिय प्रसारण कब्जा गर्न दिने अध्यक्ष माथि छानबिन एवं कारवाही हुनुपर्ने कर्मचारीहरुले माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।