आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मोदीको जन्मदिनमा बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा

मोदीको जन्मदिनमा बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा

  • मिडिया डबली
  • बुधवार, आश्विन १ २०८२

  • 987
    SHARES

  • मोदीको जन्मदिनमा बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा

    दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार ७५ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा उनलाई देश–विदेशबाट शुभकामनाको ओइरो लागिरहेको छ ।

    मोदीको जन्मदिनमा सिल्भर कास्ट क्रिएसन्सले उनको बायोपिक फिल्म ‘माँ वन्दे’ निर्माणको घोषणा गरेको छ । फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।

    यो फिल्ममा मलायमल फिल्मका सुपरस्टार उन्नी मुकुन्दनले मोदीको भूमिका निर्वाह गर्नेछन् । निर्माताले यो फिल्मले अन्तर्राष्ट्रिय मापदण्ड र अत्याधुनिक भीएफएक्ससहित बन्ने जनाएका छन् ।

    यो बायोपिकले मोदीको ‘बाल्यकालदेखि राष्ट्रको नेता बन्नेसम्मको यात्रालाई समेट्ने जनाइएको छ । विशेष गरि, उनकी स्वर्गीय आमा हीराबेन मोदीसँगक उनको सम्बन्धमा जोड दिनेछ । यो क्षणलाई मोदीको यात्राभरि प्रेरणाको एक अनुपम स्रोत भनेर वर्णन गरिएको छ ।

    मुकुन्दन मलयालम फिल्म ‘मार्को’ र ‘गरुदन’ जस्ता एक्सन फिल्ममा आफ्नो कामका लागि परिचित छन् । क्रान्ति कुमार सीएचले यो फिल्मको लेखन तथा निर्देशन गर्नेछन् । यो फिल्मको निर्माण वीर रेड्डी एमले सिल्भर कास्ट क्रिएशन्सको ब्यानरमा गर्नेछन् ।

    अंग्रेजीसहितका धेरै भाषामा यो फिल्म निर्माण गर्ने बताइएको छ । सन् २०१९ मा पनि मोदीको बायोपिक फिल्म रिलिज भएको थियो जहाँ विवेक ओबरोयले मोदीको भूमिका निर्वाह गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १ २०८२१२:०३:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend