काठमाडौँ- यतिखेर चर्चित बलिउड अभिनेत्री मौनी रोय नेपालमा छिन्। केहीदिनअघि काठमाडौँ आएकी उनी घुमघाममा व्यस्त छिन्। सार्वजनिक तस्विरहरू देख्दा उनको भम्रण धार्मिक देखिन्छ। किनकी उनले पशुपतिनाथको दर्शन गरेकी छिन्।
पशुपति पुगेकाे फोटो सेयर गर्दै उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको भन्दै खुसी व्यक्त गरेकी छिन्। ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय’ उनले लेखेकी छिन्। हल्का पहेँलो कुर्थामा मौनी आकर्षक देखिएकी छिन्।
उनी सहयोगीसहित काठमाडौँमा आएको देखिन्छ। मौनीले सन् २००६ मा टेलिभिजन शो ‘क्यूँ कि सास भी कभी बहु थी’ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। सन् २०११–२०१४ को शो ‘देवोका देव महादेव’मा उनी सतिदेवीको भूमिकामा देखिएकी थिइन्। मौनीले टिभी शो ‘नागिन’ बाट निकै चर्चा बटुलिन्।
सन् २०१८ मा ‘गोल्ड’बाट उनले बलिउड डेब्यू गरेकी थिइन्। सन् २०२२ मा रिलिज भएको आयन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र: पार्ट वन’ मा उनी जुनुन पात्रको रूपमा देखिइएकी थिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।