आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जेनजी आन्दोलन, सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिर)

जेनजी आन्दोलन, सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिर)

  • मिडिया डबली
  • सोमवार, भाद्र २३ २०८२

  • 1.1K
    SHARES

  • जेनजी आन्दोलन, सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिर)

    काठमाडौंँ- बानेश्वरतिर अघि बढ्यो जेनजी आन्दोलन, सुरक्षा घेरा तोड्ने प्रयास, प्रहरीले लाठीचार्ज गरेको छ। सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । जेनजी पुस्ता काठमाडौँसहित मुख्य सहरहरुमा उत्रिएको हो।

    सो क्रममा काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरूको समूहलाई जेनजी पुस्ता भनिन्छ। उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका छन् ।

    प्रदर्शनकारीहरू माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने छन् । जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन् । जेनजी पुस्तालाई राजनीतिकरण गर्न खोजिएको भन्दै विरोधसमेत भएको छ ।

    यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिइएको थियो । सरकारले २५ ओटा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता नभएसम्म चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २३ २०८२१२:०८:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend