आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

  • मिडिया डबली
  • आइतवार, भाद्र २२ २०८२

  • 912
    SHARES

  • आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

    काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।

    जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ । आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ ।

    साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

    शास्त्रीय मान्यताअनुसार आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।

    चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?
    मेष– लाभ
    वृष– सुखम्
    मिथुन– माननाश
    कर्कट– कष्टम्
    सिंह– स्त्रीपीडा
    कन्या– सौख्यम्
    तुला– चिन्ता
    वृश्चिक– व्यथा
    धनु– श्रीप्राप्ति
    मकर– क्षति
    कुम्भ– घात
    मीन– व्यय 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २२ २०८२१०:५७:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend