काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेकाले वर्षाको सम्भावना बढेको हो। महाशाखाका अनुसार, शनिबार भने मौसम गतिविधि कमजोर रहनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।