आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ?

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ?

  • मिडिया डबली
  • आइतवार, भाद्र ८ २०८२

  • 876
    SHARES

  • एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ?

    काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको आयात निर्यातको तथ्यांक सार्वजनिक गरेकोप छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी आयात भारतबाट भएको हो ।

    भारतबाट मात्र एक महिनामा ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँ बारबारको आयात भएको छ । निर्यात भने १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ मात्रको भएको छ । भारतसँग नेपालको व्यापार घाटा ६४ अर्ब ८ करोड ७८ लाख ६६ हजार रुपैयाँको रहेको छ ।

    आयात हुने दोस्रो नम्बरमा चीन रहेको छ । एक महिनामा चीनबाट मात्र २७ अर्ब ९९ करोड ६० लाख ४८ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै क्रमशः अर्जेन्टिनाबाट ९ अर्ब १२ करोड, कतारबाट २ अर्ब ४७ करोड, संयुक्त अरब इमिरेट्स (युएइ)बाट २ अर्ब ४ करोड, इन्डोनेसियाबाट १ अर्ब ८५ करोड, अमेरिकाबाट १ अर्ब ५१ करोड र ब्राजिलबाट १ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    साथै, थाइल्यान्डबाट १ अर्ब १२ करोड रुपैयाँ बराबरको र मलेसियाबाट १ अर्ब ११ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभगले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ८ २०८२१२:५९:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend