आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

किसानको हितविरुद्ध कुनै सम्झौता हुँदैन : नरेन्द्र मोदी

किसानको हितविरुद्ध कुनै सम्झौता हुँदैन : नरेन्द्र मोदी

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २४ २०८२

  • 693
    SHARES

  • किसानको हितविरुद्ध कुनै सम्झौता हुँदैन : नरेन्द्र मोदी

    काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित नै आफ्नो अहम् उद्धेश्य रहेको बताएका छन् । बिहीबार दिल्लीको एमएस स्वामीनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै भने, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा मलाई ठूलो मूल्य चुकाउनु पर्छ तर म यसका लागि तयार छु ।’

    उनले आफ्ना किसान, परिपालक र माझीहरुका विरुद्धमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेको एक दिनपछि सो भनाइ जारी गरेका हुन् । यद्यपि उनले अमेरिकी उक्त करको बारेमा केही नबोलिकनै किसानको हितको कुरा गरेका हुन् । भारतबाट अमेरिका जाने सामानमा बिहीबारदेखि २५ प्रतिशत कर लागेको छ ।

    त्यस्तै आगामी २७ अगष्टदेखि २५ प्रतिशत फेरि थप हुनेछ । यसले अमेरिकी बजारमा भारतीय सामग्री थप महँगो हुनेछ । भारत विश्वकै सबैभन्दा बढी दूध उत्पादन गर्ने देश हो । यो क्षेत्रमा करोडौँ भारतीय साना साना किसान जोडिएका छन् ।

    भारतीयहरु शुद्ध शाकाहारी दूध उत्पादन चाहन्छन् । अमेरिकामा भने डेरी उत्पादनमासमेत जनावरको हड्डीबाट बनेको इन्जाइमको प्रयोग भएको दाबी गरिएको छ । अमेरिकाले भारतमा आउन पाए भारतीयले दिनेभन्दा सस्तोमा दिने दाबी गरिरहेको छ । यसले स्थानीय किसानलाई नोक्सान हुने पनि भारतको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २४ २०८२१०:००:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend