आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

  • शिब अधिकारी
  • शनिवार, श्रावण १८ २०८२

  • 939
    SHARES

  • सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

    काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो ।

    कार्यक्रम युएईको दुबईस्थित बरदुबईको क्लब एभरेस्ट याक एण्ड यतिमा हुँदैछ । कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका मञ्जु भट्टराईको मुख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    संस्थाका संरक्षक एवम् कार्यक्रम संयोजक युवराज भट्टराईका अनुसार कार्यक्रम आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ । तीज धमाका २०२५ मा यूएईमा रहेका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।

    कार्यक्रमको उद्घोषण समाजका महासचिव तथा कुशल उद्घोषक सुरेन्द्र परियारले गर्ने छन । कार्यक्रममा नेपाली परिकारहरुको स्वादमा पनि रमाउन सकिने आयोजकले जानकारी दिएको छ ।

    सन् २०१८ देखि विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ सेवा दिँदै आएको समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तीज धमका आयोजना गर्न लागेको र उक्त कार्यक्रममा यूएईमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहभागीता जनाउन समेत समाजले आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १८ २०८२१२:२८:५९

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend