काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।
संसदीय दलको नेता निर्वाचनमा २२ मतका साथ बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई हराएका हुन्।
बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। लामाले जम्मा १४ मत ल्याए। १ मत बदर भएको छ।
मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दलको नेताको हैसियत गुमाएका थिए।
पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँको पक्षमा आएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।