आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोटेकोशीमा गएराती आएको बाढीले थप क्षती

भोटेकोशीमा गएराती आएको बाढीले थप क्षती

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण १५ २०८२

  • 576
    SHARES

  • भोटेकोशीमा गएराती आएको बाढीले थप क्षती

    काठमाण्डौ । रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति आएको आकस्मिक बाढीले थप क्षति पुर्‍याएको छ । बाढीमा मानवीय क्षति नभएको तर थप भौतिक क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि अवरुद्ध भएको छ । यस्तै रसुवागढी भन्सारको यार्ड, रसुवागढी र त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयाेजनामा क्षति पुगेको छ ।

    बाढीले टिमुरे र रसुवागढीको बीचमा पर्ने नेपाली सेनाको क्याम्प धरापमा परेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

    त्यस्तै स्याफ्रुबेशीमा ४ वटा टहरा र विभिन्न पुलमा क्षति भएको छ । थप क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १५ २०८२०१:३०:५०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend