आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बागमतीमा तीनजना मन्त्री नियुक्त गर्ने तयारी

बागमतीमा तीनजना मन्त्री नियुक्त गर्ने तयारी

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण १५ २०८२

  • 1.1K
    SHARES

  • बागमतीमा तीनजना मन्त्री नियुक्त गर्ने तयारी

    मकवानपुरगढी । बागमती प्रदेशमा तीनजना सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट लामाले मङ्गलबार मात्र विश्वास गुमाउनुभएको छ । उहाँका अनुसार मन्त्री नियुक्त हुन लागेका दुई जना चितवन र एक जना धादिङका सांसद रहेका छन् । सांसद गोविन्द लम्साल (धादिङ) तथा गीता गुरुङ र माया श्रेष्ठ (चितवन)लाई मन्त्री नियुक्त गर्न लागिएको हो ।

    उहाँका अनुसार हालको निर्णयमा लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय र श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । उहाँहरूलाई आजै ११ बजेसम्म शपथ दिलाउने तयारी छ ।

    बागमतीमा कांग्रेसले सम्हालेको पाँच वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । यसअघि साउन ९ गते चार जना र १३ साउनमा एक जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १५ २०८२११:०३:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend