आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चीनको राजधानी बेइजिङमा बाढी : कम्तीमा ३० जनाको मृत्यु

चीनको राजधानी बेइजिङमा बाढी : कम्तीमा ३० जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • मंगलवार, श्रावण १४ २०८२

  • 834
    SHARES

  • चीनको राजधानी बेइजिङमा  बाढी : कम्तीमा ३० जनाको मृत्यु

    काठमाडौं । चीनको राजधानी बेइजिङमा अत्यधिक वर्षासँगै आएको बाढीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

    सिह्ना समाचार एजेन्सीका अनुसार मियुन जिल्लामा २८ जना र यानकिङ जिल्लामा २ जनाको मृत्यु भएको छ। भारी वर्षाले सडक र भवनहरुमा गम्भीर क्षति पुगेको छ।

    मियुन, हुइरौ र फाङसान जिल्लाबाट ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले ३१ वटा सडक क्षतिग्रस्त भई बन्द भएको र १६ वटा सडकमा पुननिर्माणको काम जारी रहेको ग्लोबल टाइम्सले जनाएको छ।

    बाढी पहिरोले बिजुली आपूर्ति र सञ्चार सम्पर्कमा पनि ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको काम जारी छ। केन्द्र सरकारको २०० मिलियन युआनको आपतकालीन राहत कोष तयार गरेर परिचालन गरेको छ।

    यस क्षेत्रमा सन् २०१२ मा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो। त्यतिबेला १९० मिलिमिटर वर्षा मापन भएको थियो । त्यस्तै सन् २०२३ को भीषण वर्षामा ३३ जनाको मृत्यु भएको थियो भने १८ जना बेपत्ता भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १४ २०८२१०:०६:५०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend