आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

विश्व बाघ दिवस आज,नेपालमा बाघको सङख्या लक्ष्यभन्दा धेरै

विश्व बाघ दिवस आज,नेपालमा बाघको सङख्या लक्ष्यभन्दा धेरै

  • मिडिया डबली डेक्स
  • मंगलवार, श्रावण १४ २०८२

  • 507
    SHARES

  • विश्व बाघ दिवस आज,नेपालमा बाघको सङख्या लक्ष्यभन्दा धेरै

    काठमाण्डौ । आज विश्व बाघ दिवस मनाइँदैछ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ ।

    सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।

    तीन वर्षअघि भएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै भएसँगै यसको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत चुनौतीसमेत देखिएका छन् ।

    मध्यवर्ती क्षेत्रका स्थानीयवासी घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । कतिपय अवस्थामा बाघको चोरीशिकार हुनेक्रम पनि बढेको छ ।

    अहिले नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस शुरू भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको धान्ने क्षमता ४ सय हाराहारी रहेको बताएका छन् ।

    पाटेबाघ विश्वका १३ देशमा पाइन्छन् । नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् ।

    विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १४ २०८२०९:४६:१६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend