आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ठूलीभेरीमा बेपत्ता भएका तीन जनाकै शव फेला

ठूलीभेरीमा बेपत्ता भएका तीन जनाकै शव फेला

  • मिडिया डबली डेक्स
  • सोमवार, श्रावण १३ २०८२

  • 552
    SHARES

  • ठूलीभेरीमा बेपत्ता भएका तीन जनाकै शव फेला

    रुकुमपश्चिम । गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी ठूलीभेरी नदिमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका –८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक मितिमा सुर्खेतमा फेला परेको हो ।

    यति बिल्डर्स प्रा.लि.मा जेसिभि अपरेटर पदमा कार्यरत धनबिरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –२ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो भने सोमबार मात्र मृतकका दाइले शवको पहिचान गरेको डिससपी बिष्टले जनाउनुभयो । टिप्पर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका –२ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

    गत मङ्गलबार (साउन ६ गते) साँझ आठविसकोट नगरपालिका वडा नम्बर १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो ।

    वडा नम्बर ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ जाँदै गरेको टिप्पर भेरीनदिमा खस्दा टिप्परमा रहेका तीनै जना बेपत्ता भएका थिए ।

    टिप्परको अगाडिको भाग भने बुधबार घटनास्थलभन्दा करिब चार सय मिटर तल नदिको जाजरकोटतर्फको भागमा फेला परेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १३ २०८२०९:४२:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend