आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सदस्यता नवीकरण विवादको विषय नै नभएको पूर्वराष्ट्रपति भण्डारीको भनाई

सदस्यता नवीकरण विवादको विषय नै नभएको पूर्वराष्ट्रपति भण्डारीको भनाई

  • मिडिया डबली डेक्स
  • शुक्रवार, श्रावण १० २०८२

  • 1.1K
    SHARES

  • सदस्यता नवीकरण विवादको विषय नै नभएको पूर्वराष्ट्रपति  भण्डारीको भनाई

    काठमाडौं ।  पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेका विषय विवादको विषय नै नभएको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफूले विधिपूर्वक नै पार्टी सदस्यता नवीकरण गरेकाले यसलाई विवादको विषय बनाउनै नपर्ने बताएका हुन्। 

    एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नै नभएको ठहर गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

    ‘पार्टी केन्द्रीय कमिटी अघि अध्यक्षसँग मैले विधिवत् ढंगले नै पार्टी सदस्यता नवीकरण गरेको र त्यसैका आधारमा राजनीतिमा सक्रिय भएको बताएको थिएँ । यसको भोलिपल्ट केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नभएको भनेर गरेको निर्णय विज्ञप्तिबाट थाहा पाएँ’, भण्डारीले भनिन्, ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्ने विषय नै होइन।’  

    अन्तिममा पत्रकारहरूले राखेकाे जिज्ञासामा भण्डारी थप कडा रुपमा प्रस्तुत भइन् । उनले एमाले अध्यक्ष केपी ओलीतिर इंगित गर्दै भनिन्, 'कसैलाई लाग्याे भन्दैमा मेराे सदस्यता खारेज हुँदैन।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १० २०८२०४:२७:१०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend