आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

किसानका कुरा सुन्न मधेशतिर निस्किए प्रधानमन्त्री ओली

किसानका कुरा सुन्न मधेशतिर निस्किए प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • शुक्रवार, श्रावण १० २०८२

  • 693
    SHARES

  • किसानका कुरा सुन्न मधेशतिर निस्किए प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाँदै छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

    उनी आफैंले फेसबुकमार्फत् यो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ ।’

    हिजो भने व्यस्तताले बाहिर ननिस्किएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।’ हिजो बाहिरका कार्यक्रममा सहभागी नभए पनि आज भने मधेश जाने उनको भनाइ छ ।

     

    मधेशमा लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले किसानहरु समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिंचाइ प्रणालीमा प्रभाव परेको छ । नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । अन्न भण्डार मानिने मधेशमा खडेरीले गर्दा धान उत्पादन घट्ने चिन्ता छ ।

    त्यसैले यही साउन ७ गते बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोष्णा गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १० २०८२०८:३९:५५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend