काठमाडौँ । आवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाका आगामी कार्यकाल २०२५–२७ का अध्यक्ष किरोज श्रेष्ठलाई डा. तुलसी धरेल र इञ्जिनियर इन्द्र महार्जनले साथ दिएका छ । श्रेष्ठको प्रस्तापकमा धरेल र समर्थकमा महर्जन रहेका छन् ।
डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् ।
धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन ।
क्यानाडाको बहुसांस्कृतिक संरचना भित्र नेपाली समुदायको पहिचान जोगाउने र प्रवर्द्धन गर्ने कार्यमा उनको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ।
इञ्जिनियर महार्जन पनि शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता प्रभावशाली प्रवासी नेपाली हुन् । उनले वातावरण, प्रविधि र सामाजिक क्षेत्रका थुप्रै परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
किरोज श्रेष्ठको नेतृत्वमा एनआरएन क्यानडाले ७५ हजार क्यानाडियन डलर बराबरको सरकारी अनुदान प्राप्त गर्नुका साथै, चेस खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने, ट्याक्स क्लिनिक, कन्सुलर सेवा, झन्डा फहराउने लगायतका समाजसेवामूलक कार्यहरू सम्पन्न गरेका थिए।
तर अहिले सबैको ध्यान तानिरहेको छ – डा. ढरेल र इञ्जिनियर महार्जन जस्ता प्रतिष्ठित व्यक्तित्वहरूबाट श्रेष्ठको उम्मेद्वारीमा व्यक्त गरिएको विश्वास। यसले एनआरएन क्यानडाको आगामी नेतृत्वप्रति गहिरो अपेक्षा र आशा निर्माण गरेको छ|
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।