आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

  • मिडिया डबली डेक्स
  • बिहिवार, श्रावण ९ २०८२

  • 1.3K
    SHARES

  • ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

    काठमाडौँ । ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। 

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिनुभएको थियो। 

    ‘भिजिट भिसा’ प्रकरणमा दुई महिनादेखि विरोध जनाउँदै आएको उल्लेख गर्दै सांसद कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताउनुभयो। दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद् चल्ने अनौठो अभ्यास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।

    भैँसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको बताउँदै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गर्नुभयो। मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।

    राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसदमा विरोध जारी रहने बताउनुभयो। सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियत वापतको ७० करोड नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग गर्नुभयो। 

    ‘भिजिट भिसा’ प्रकरणका नाममा संसदमा विरोध गर्दै आइरहेका दुई दल रास्वपा र राप्रपाबीच पनि कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषमा मतैक्यता छैन। रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ९ २०८२०३:३२:१०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend