काठमाडौं । बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
हिमानी गाउँपालिका–५ को क्युडीदेखि कुवाडी जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
मृत्यु हुनेमा सन्नीगडा भन्ने स्थानका समान ७५ वर्षीय बजा रोकाया र बिजोरा रोकाया छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
जीप घटनास्थलबाट २५० मिटर तल खसेको छ। दुर्घटनाग्रस्त जिपमा २६ जना सवार रहेको र १५ जना घाइते भएको जानकारी आएको तर, घटनाको थप यकिन विवरण आइनसकेको चौधरीको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।