नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेलमा जित हात पारेको छ । चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेलाई ३-२ को सेट अन्तरले पाखा लगाएको हो ।
हेल्प नेपालले ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको जेटएचकेलाई पहिलो सेट २५-२२ ले हराए पनि दोस्रो सेट १८-२५ र तेस्रो सेट २३-२५ ले गुमाएको थियो ।
त्यसपछिका सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले क्रमश चौथो सेट २५-१८ र पाचौँ तथा निर्णायक सेट १५-११ ले आफ्नो पक्षमा पारेको थियो ।
जितसँगै हेल्प नेपालले ४ खेलमा ९ अंक जोडेको छ । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।