आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु

बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • आइतवार, श्रावण ५ २०८२

  • 567
    SHARES

  • बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु

    घोराही। दाङमा पार्किङ गरेर राखेको पिकअप बोलेरा गाडीले च्यापेर एक जनाको मृत्यु भएको छ । आइतबार बिहान लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेशकुमार बानियाको पिकअप गाडीले च्यापेर मृत्यु भएको हो ।

    बानियालाई आफ्नै घर अगाडी रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको गाडीले च्यापेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी जानकारी दिनुभएको छ । सूचना अधिकारी शाहका अनुसार आइतबार बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट (ढुङ्गा) हटाउने क्रममा गाडी ब्याक हुँदा च्यापेको थियो । 

    गाडीले च्यापेर गम्भीर घाइते हुनुभएका बानियालाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । उपचारका क्रममा बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बानियाको शव लमही अस्पतालमा राखिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ५ २०८२१०:०४:५५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend