बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चितवनका आठ वटा सहकारीलाई  हाते ट्याक्टर सहयोग

चितवनका आठ वटा सहकारीलाई  हाते ट्याक्टर सहयोग

  • मिडिया डबली डेक्स
  • शनिवार, श्रावण ४ २०८२

  • 531
    SHARES

  • चितवनका आठ वटा सहकारीलाई  हाते ट्याक्टर सहयोग

    नारायणघाट। नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घ र डिजिटल फार्मस् मिसन काठमाडाैँले चितवनका आठ वटा सहकारी संस्थालाई  हाते ट्याक्टर सहयोग गरेको छ । 

    भरतपुर महानगरमा पालिका-२५, शुक्रनगरमा शनिबार आयोजित कार्यक्रममा सहकारीका सञ्चालकलाई हाते ट्याक्टर उपलब्ध गराइएको हो ।  कार्यक्रममा पूर्वमन्त्री विक्रम पाण्डेले सहकारी सञ्चालकहरूलाई हाते ट्याक्टर वितरण गर्नुभयो । 

    मिसनका अध्यक्ष सूर्य भूसालका अनुसार एउटा हाते ट्याक्टरको मूल्य ६८ हजार रुपियाँ पर्छ । हाते टेक्टर पाउनेमा  फूलबारी महिला साना किसान कृषि सहकारी संस्था, दिव्यनगर महिला साना किसान कृषि सहकारी संस्था लि, साना किसान कृषि सहकारी संस्था लि. शुक्रनगर, गर्दि महिला साना किसान कृषि सहकारी संस्था लि. माडी, बघौडा महिला साना किसान कृषि सहकारी संस्था लि, कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्था लि, अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लि. र आदस कृषि तथा पशुपालन कृषक समूह रहेका छन् ।

    यसरी हाते टेक्टर पाउने समूह भरतपुर महानगरका ४ वटा र  माडी नगर पालिकाका ४ वटा रहेका छन् । थप दुई वटा हाते टेक्टर सिन्धुपाल्चोकमा वितरण गरिने बताइएको छ । यसअघि सङ्घले चितवनका तीन हजार पाँच सय मधुमेहका बिरामीलाई निःशुल्क ओखती वितरण गरेको थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष भूसालले हाते टेक्टरले  चितवनको कृषि उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा. शारदा थपलिया लगायतले कृषि क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको बताउनुभयो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ४ २०८२०८:२३:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend