आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काभा च्याम्पियन्स लिग  : हेल्प नेपाल स्पोर्टस क्लबको लगतार दोस्रो  जित

काभा च्याम्पियन्स लिग  : हेल्प नेपाल स्पोर्टस क्लबको लगतार दोस्रो  जित

  • मिडिया डबली डेक्स
  • शनिवार, श्रावण ४ २०८२

  • 582
    SHARES

  • काभा च्याम्पियन्स लिग  : हेल्प नेपाल स्पोर्टस क्लबको लगतार दोस्रो  जित

    काठमाडौं । नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगको आफ्नो दोस्रो खेलमा पनि जित हात पारेको छ । हेल्प नेपालले हिजो  भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३-१ को सेट अन्तरले‌ हराएको हो ।

    सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा लयमा‌ फर्कदै हेल्प नेपालले खेल जितेको थियो। आफ्नो पहिलो खेलमा हेल्प नेपालले बिहीवार घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ को सेट अन्तरले हराएको हो ।

    हेल्प नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। आज हुने खेलमा  हेल्प नेपालले किर्गिस्तानको क्लब बिसकेकसँग खेल्दैछ । दुवै टोलीबीच नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

    सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ४ २०८२१०:०३:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend