काठमाडौं । नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले जितका साथ काभा मेन्स च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।
माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको हो ।
सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ तथा अन्तिम सेट सहजै आफ्नो पक्षमा पारेपछि हेल्प नेपालले विजयी सुरुवात गरेको हो।
साविक उपविजेताका हेल्प नेपाल ३३-३१,२५-२०,२२-२५,२०-२५ र १५-८ ले विजयी भएको थियो।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।