काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
बाँफिकोट गाउँपालिका–१ माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति मृत्यु भएको हो ।
बाँफिकोट गाउँपालिका–२ स्थित राम्चेडाँडामा रहेको भीरबाट खसेर उनको मृत्यु भएको त्यहाँका वडाध्यक्ष प्रकाश खत्रीले जनाकारी दिए।
गाउँको पल्लोपट्टि चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्किँदै गर्दा मल्ल भीरबाट लडेका थिए। भिरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।