काठमाडौं । काभा मेन्स च्याम्पियन्स लिग भलिबल आज माल्दिभ्समा सुरु हुँदैछ। च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल क्लबले आज घरेलु टोली धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। प्रतियोगितामा काभा अन्तर्गतका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता छ भने आयोजक देशका २ क्लबले प्रतिनिधित्व गर्ने नियम छ।
काभामा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका क्लबको सहभागिता छ। नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने हेल्प नेपाल उपाधि जित्ने लक्ष्यसहित सहभागी भएको छ।
यसका लागि विदेशी खेलाडीहरु समेटेर टोली बनाइएको छ। उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो।
यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ। साउन ७ गतेसम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।