बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सरकार बिचौलियाको स्वार्थमा चलिरहेको प्रचण्डको आरोप

सरकार बिचौलियाको स्वार्थमा चलिरहेको प्रचण्डको आरोप

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ ३० २०८२

  • 1.4K
    SHARES

  • सरकार बिचौलियाको स्वार्थमा चलिरहेको प्रचण्डको आरोप

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार पुगेको टिप्पणी गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै प्रचण्डले सरकार बिचौलियाको स्वार्थमा चलिरहेको आरोप लगाए।

    ‘प्रधानमन्त्रीजीले भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु।’ प्रचण्डले भने, ‘अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार, अब प्रधानमन्त्रीजीले चित्रगुप्तलाई के जवाफ दिने होला?’

    देशभित्र मात्र नभइ प्रधानमन्त्री पुगेका सबै ठाउँमा बेथितिका खबर आउने गरेको आरोप उनले लगाए।

    उनले भने, ‘प्रधानमन्त्रीजी गत साल अमेरिका जाँदा के के भएको थियो सम्झनुभएकै होला, अहिले स्पेनबारे तपाईं कति हुनुहुन्छ हुनुहुन्न मेरो आरोप होइन, तर तपाईंले टेकेको ठाउँमा बिबाद आउने गरेको बारे पक्कै पनि ध्यान दिनुभएकै होला।’

    मन्त्रीहरूले खुलेआम लाखौंको डिल गरेका समाचार आइरहँदा सरकार अझै सुशासनको बाटोमा छ ? भनेर उनले प्रश्न गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ३० २०८२०३:५३:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend