बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

मंसिरदेखि दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादन गरिन्छ : प्रधानमन्त्री

मंसिरदेखि दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादन गरिन्छ : प्रधानमन्त्री

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ ३० २०८२

  • 705
    SHARES

  • मंसिरदेखि दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादन गरिन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिरदेखि दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादन गर्ने बताएका छन्। 

    झापाको विर्तामोडमा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी मंसिरदेखि मिथेन ग्यासको परीक्षण उत्पादन गर्ने बताएका हुन्। उनले यसै आर्थिक वर्षदेखि उक्त ग्यासको परीक्षण उत्पादन थाल्ने बताए। 

    ‘यसै आर्थिक वर्षबाट दैलेखमा पुष्टि भएको मिथेन ग्यासको व्यवसायिक उत्पादन लक्ष्यका साथ अघि बढ्छौं।’ प्रधानमन्त्री ओलीले भने-  ‘मैले भनेको थिँए ति चुलोमा पाइपबाट ग्यास जोडिन्छ भनेर, त्यो दिन अब आएको छ। ग्यासका सिलिन्डर बोकेर हिँड्नु पर्दैन, अब पाइपबाट चुलाचुलामा ग्यास जोड्न सकिन्छ।  ‘The Dream comes too.’

    दैलेखको भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा ठूलो परिणाममा मिथेन ग्याँस पत्ता लागेको छ। चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ८ महिनासम्म गरेको अध्ययनले १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको पाइएको छ। 

    दैलेखको सिरस्थान-नाविस्थान पादुका र धुलेश्वरमा वर्षो देखि ज्वालाहरू जमिन मुनी ठाउँ ठाउँमा बल्दै आइरहेपछि उक्त स्थानमा चिनियाँ विज्ञटोलीहरूले ४ वर्ष अघिदेखि विभिन्न प्रकारका सर्वे र अनुसन्धान गरेको थियो। 

    चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास जलजलेमा पत्ता लागेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ३० २०८२०९:५६:१०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend