आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सुनसरीमा गोली हानेर भिनाजुले गरे सालीको हत्या

सुनसरीमा गोली हानेर भिनाजुले गरे सालीको हत्या

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ ३० २०८२

  • 738
    SHARES

  • सुनसरीमा गोली हानेर भिनाजुले गरे सालीको हत्या

    सुनसरी । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो ।

    खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पञ्चायत–१६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरी हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घटनास्थलमै मृत्यु भएको र गोली प्रहार गर्नेको भिनाजु जट तत्काल फरार रहेको छ ।

    घटनाको खबर प्राप्त हुना साथ तत्काल प्रचौ घुस्कीहाटबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटाएको र थप बुझ्ने कार्य भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि सिडिओ अधिकृतसहितको प्रहरी टोली खटिएको छ । साथै गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ ।

    घटनास्थलबाट सानो हतियारमा लाग्ने १ थान नपड्केको गोली फेला परेको छ भने पोष्टमार्टमका लागि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मृतकको टाउकोको बाँया साइडमा चोट देखिएको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ३० २०८२०९:१०:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend