आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सुनसरीमा दम्पती मृत भेटिए

सुनसरीमा दम्पती मृत भेटिए

  • मिडिया डबली डेक्स
  • आइतवार, आषाढ २९ २०८२

  • 750
    SHARES

  • सुनसरीमा दम्पती मृत भेटिए

    काठमाडौँ । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित बबियामा दम्पती मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान ३५ वर्षीया सुकदेव शर्मा र उनकी पत्नी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत भेटिएका हुन् ।

    फुसको घरमा सारीको पासो लागेको अवस्थामा शर्मा र उनकी पत्नी सवेता ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

    डीएसपी खतिवडाका अनुसार शर्माको शव अर्धनग्न अवस्थामा भेटिएको छ । आइतबार बिहान ९ बजेतिर स्थानीले घरभित्र दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शर्माले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सवेताको शरीरमा चोटपटक देखिएको छैन । डीएसपी खतिवडाले भने, ‘हामीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २९ २०८२०२:१२:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend