काठमाडौं । एक बर्ष अघि आजकै दिन अर्थात असार २८ गते शुक्रबार बिहान साढे ३ बजे नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएका छैनन ।
काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स पहिरोले बगाएर त्रिशुली नदिमा बेपत्ता भएका थिए ।
पहिरोले बगाएर त्रिशूलीमा खसेका २ बसमा ६२ जना सवार रहेको खुलेको थियो । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
गणपति डिलक्समा ३६ जना र एन्जल डिलक्समा २६ जना यात्रु भएको पुष्टि भएको थियो । घटनामा एञ्जल्स डिलक्सका १० जना मृत फेला पर्दा १६ जना बेपत्ता भएका थिए । त्यस्तै गणपति डिलक्समा सवार यात्रुहरु मध्ये १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता छन ।
बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।