आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भोटेकोशीमा बेपत्ता भएका १९ जना अझै भेटिएनन्

भोटेकोशीमा बेपत्ता भएका १९ जना अझै भेटिएनन्

  • मिडिया डबली डेक्स
  • शनिवार, आषाढ २८ २०८२

  • 675
    SHARES

  • भोटेकोशीमा बेपत्ता भएका १९ जना अझै भेटिएनन्

    काठमाडौँ । भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएका १९ जना अझै फेला परेका छैनन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ । 

    हालसम्म ११ जनाको शव फेला परेको छ । तर, पहिचान हुन सकेकको छैन । अधिकांश शवको केही अंग मात्र भेटिएकाले पहिचानमा समस्या भइरहेको रसुवाका प्रहरी नायक उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए । उहाँका अनुसार ती अंगहरु परीक्षण र पहिचानका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ । हालसम्म प्रहरी सहायक निरक्षक लालहादुर श्रेष्ठको शव मात्र सनाखत भएर अन्त्येष्टि भइसकेको छ । बर्दीयाका अरु थप दुई जना पाखुरामा नाम र ट्याट खोपेकाले पहिचान र्ग सहज भएको छ । 

    गोरखाका दुईजना सम्पर्कबिहीन रहेकाले उनीहरुका कोहीपनि आफन्त सम्पर्कमा आइनसकेको शाहीले बताए। प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्तहरूको खोजी तीव्र पारेको छ। बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको टिमुरे भन्सार यार्ड क्षेत्रमै खोजी तीव्र पारिएको छ। शुक्रबार मात्र ११ कन्टेनर र केही इभी गाडीहरू निकालिएको छ। त्यहीँ पुरिएका गाडीहरुमा समेत शव रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको शाहीले जानकारी दिए। खोजीका लागि एक हजार बढी प्रहरी जनशक्ति खटाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २८ २०८२१०:२९:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend