आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रधानमन्त्री ओलीले भने, २० वर्षमा बिहे गरी तीन वटा बच्चा जन्माउनू

प्रधानमन्त्री ओलीले भने, २० वर्षमा बिहे गरी तीन वटा बच्चा जन्माउनू

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ २७ २०८२

  • 699
    SHARES

  • प्रधानमन्त्री ओलीले भने, २० वर्षमा बिहे गरी तीन वटा बच्चा जन्माउनू

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या घट्दो क्रममा रहेको भन्दै युवाहरूलाई २० वर्ष पुगेलगत्तै विवाह गर्न आग्रह गरेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको जनसंख्या नीति सार्वजनिक कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले ३० वर्ष पुग्दा तीन वटा बच्चा पाउन पनि सुझाव दिए।

    ‘जति बेला प्रजनन क्षमता बढी हुन्छ त्यतिबेला बच्चाबच्ची जन्माउनुपर्छ,  त्यसपछि ढुक्कले काम गर्न पाइन्छ, छोराछोरी बेलैमा हुर्कन्छन्। उनीहरूको पनि उन्नती प्रगति देख्न पाइन्छ।’ ओलीले भने, ‘ नातिनातिना, पनाति पनातिनी खेलाउने रहर पनि पूरा हुन्छ। कान्छा कान्छी जन्मिँदा त जेठाजेठी हुर्किसक्छन् नि!’

    अहिलेको समयमा काममा व्यस्त बाबुआमाले पनि बच्चाबच्ची हेरविचारको चिन्ता गर्नुपर्ने अवस्था नभएकाले सन्तान उत्पादनको कुरालाई हावामा नउडाउन आग्रह गरे।

    ‘अहिले आफ्नो करियरका लागि मान्छे सन्तान नै नजन्माउने अवस्थामा पुगिसक्यो । बाबुआमा कमाउने भए पनि के को पिर छ र !’ ओलीले भने ‘कोक्राँ सुताउने स्कुल छन् त हिजोआज । बामे सराउने,उल्टाउने पल्टाउने, धुलो खेलाउने स्कुल छँदैछन् त हेरविचार गर्नलाई।’

    उनले विकासले जनसंख्या घटाइरहेको भन्दै यो चिन्ताको विषय भएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २७ २०८२१२:२४:५६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend